मैथिली मौलिक संस्कृतिको प्रवर्द्धन गर्दै जनकपुरधाममा सामा-चकेवा महोत्सव हुँदै

२०८१ कार्तिक २९, बिहीबार १०:१६

जनकपुरधाम,२९ कार्तिक । मैथिली भाषा र संस्कृतिको जगेर्ना गर्न तथा मैथिली मौलिक संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले जनकपुरधामस्थित जानकी मन्दिरमा सामा-चकेवा खेल प्रतियोगिता हुने भएको छ। मैथिली विकास कोषको आयोजनामा भइरहेको यस प्रतियोगिताले मैथिली समाजमा रहेको भाई-बहिनीको स्नेह र प्रेमको गहिरो सम्बन्धलाई झल्काउँछ।

सामा-चकेवा खेल, विशेषगरी भाई-बहिनीको माया र प्रेमको प्रतीक मानिन्छ, र यो मैथिली समाजमा विशेष महत्व राख्ने पर्वहरूमध्ये एक हो। भाई-बहिनीको माया र हर्षोल्लाससँग मनाइने यो पर्वले सांस्कृतिक पक्षको संरक्षणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। प्रतियोगितामा स्थानीयवासीको सहभागिता उत्साहजनक रहेको छ भने यसले सम्पूर्ण मैथिली समुदायलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको छ।

यस प्रतियोगिता आज साझ जानकी मन्दिरको प्राङ्गणमा हुने जनाएको छ । प्रतियोगितामा केवल मनोरञ्जन मात्र नभई, समुदायमा मैथिली संस्कृतिप्रतिको लगाव र महत्वलाई पनि उजागर गर्ने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?