पर्सामा २२ किलो ५०० ग्राम अवैध लागुऔषधसहित तीनजना पक्राउ

२०८१ कार्तिक २९, बिहीबार १५:३६

पर्सा,२९ कार्तिक।  पर्सा प्रहरीले २२ किलो ५०० ग्राम अवैध लागुऔषध चरेससहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ हरिहरपुरका मक्सुद अंसारी र रामलाल सहनी तथा भारतको आदापुर निवासी मुकेश कुमार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका तीनैजनाविरुद्ध थप अनुसन्धान भइरहेको छ भने लागुऔषध ओसारपसार र तस्करीमा संलग्न रहेको आशंकामा उनीहरूमाथि कडा कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?