काठमाडौँ,०८ मंसिर । अमेरिकामा चार जना नेपाली कार दुर्घटनामा परेका छन् । २२ नोभेम्बरको मध्यराति करिब १२ बजे भर्जिनियाको च्यान्टिलीमा कार दुर्घटना हुँदा चार नेपाली मध्ये दुई जनाको मृत्यु भएको छ ।
अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमका अनुसार मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेका छन् ।
त्यस्तै कार चालक विजय तामाङ भने सामान्य घाइते छन् भने अर्का नेपाली मेहुल श्रेष्ठ पनि घाइते छन् ।






