कम्प्युटर एशोसिएसन नेपाल महासंघ धनुषाको ११औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

२०८१ मंसिर ८, शनिबार १९:१८

जनकपुरधाम,०८ मंसिर । कम्प्युटर एशोसिएसन नेपाल महासंघ धनुषा जिल्लाको ११औं साधारण सभा तथा छैंठौं जिल्ला अधिवेशन जनकपुरधामको कुम्भकार कुट्टिमा सम्पन्न भएको छ। सभाले नयाँ कार्यसमितिको चयन गर्दै संघको नेतृत्वलाई थप सशक्त बनाउने निर्णय गरेको छ।

नवगठित कार्यसमितिमा विनय साह अध्यक्ष चयन भएका छन् भने उपाध्यक्षमा चन्दा कुमारी साह चयन भएकी छिन्। समितिमा सचीवको भूमिकामा विमलेश कुमार झा, स-सचीवमा दिनेश कुमार साह, कोषाध्यक्षमा शत्रुधन प्रसाद साह चयन भएका छन्। साथै, सदस्यतर्फ रविन्द्र प्रसाद साह, अशोक कुमार ठाकुरसहित सात सदस्यीय कार्यसमिति गठन गरिएको छ।

कार्यक्रमले संघको आगामी रणनीति, प्रविधिको प्रवर्द्धन, र डिजिटल साक्षरतामा योगदान पुर्‍याउने उद्देश्यलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। साधारण सभामा विभिन्न स्थानीय व्यवसायी, संघका सदस्य, र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?