मन्सिर १९ बुधबार काठमान्डौ
एनपिएल मा बुधबार विहानको पहिलो खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका छन्।पहिले ब्याटिङ गर्ने कर्णालीले आज पहिलो जितको खोजीमा छ।
पहिलो खेलमा कर्णालीलाई जनकपुर बोल्ट्सले पराजित गरेको थियो। काठमान्डौ बलिङ्ग गर्दै कर्णाली याक्सले काठमान्डौ गुर्खाज लाई १५० रनको लक्ष्य् दिएको छ । कर्णाली याक्सले खराब सुरुवात गरेका थिए ।
कर्णाली याक्सले २० ओभर खेल्दै स्टार खिलाडी शिखर धवन को शान्दार ७२ रनको मदतले १५० रनको टरगेट राख्न सफल भएको छ । एक छेउबाट सुरुदेखि नै विकेट गएपनि धवनले अर्को छेउबाट टिकेर इनिङ्स सम्हालेका थिए । धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे ।टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो ।