ADVERTISEMENT

रास्वपा धनुषाद्वारा छठ तथा सामाचकेवा पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !

२०८३ कार्तिक २७, शुक्रबार २३:५०

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा जिल्ला संगठन विभागको आयोजनामा छठ तथा सामाचकेवा पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ।

 

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व छठ तथा सामाचकेवाको अवसरमा आयोजित कार्यक्रममा आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक परम्पराको संरक्षणको सन्देश दिँदै पर्वको शुभकामना आदानप्रदान गरिएको हो।

 

कार्यक्रमका आयोजक धनुषा जिल्ला संगठन विभाग प्रमुख अमृत यादवले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?