जनकपुरले दियो लुम्बिनीलाई १३७ रनको लक्ष्य

२०८१ मंसिर २३, आईतवार ११:१३

मन्सिर २३ आईतबार काठमान्डौ

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको हो ।अभिशेष गौतमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध ब्याटिङमा संघर्ष गर्दै लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्थाले २४ र आसिफ शेखले १६ रन जवडे । कुश कंसाकारले अविजित २२ रन बनाए ।जबाफमा लुम्बनी लाइन्सले ६ ओभरमा १ विकेट को आउट्मा ४३ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?