राैतहटमा निःशुल्क आँखा स्क्रीनिङ्ग क्याम्प सञ्चालनमा

२०८१ पुष २९, सोमबार १६:३४

रौतहट,२९ पुस । राैतहटकाे गरुडा नगरपालिका–५ मा निःशुल्क आँखा स्क्रीनिङ्ग क्याम्प सञ्चालनभएको छ ।

तीन दिनसम्म चल्ने शिविरमा गढिमाई, गुजरा, कटहरिया, चन्द्रपुर, राजपुर नगरपालिकामा यस अघि संचालित निःशुल्क आखा शिविरमा देखिएका मोतियाबिन्दुका बिरामी लाई निःशुल्क आँखा स्क्रीनिङ्ग क्याम्प सञ्चालनगरिएको हो ।

मध्य पुर्वी पृतना हेडक्वाटरको मार्ग निर्देशन श्री न.२८ बाहिनी अड्डाको पहल र श्री न. २८ फिल्ड एरिया गुल्मको सहभागिता तथा श्री बीरदल गणी नेपाल आख कार्यक्रम तिलगंगा आखा प्रतिष्ठान संगको सहकार्यमा नि:शुल्क आखा परिक्षण तथा शल्यक्रिया शिविर संचालन गरिएको हो ।

संचालित नि:शुल्क आँखा स्क्रीनिङ्ग क्याम्पमा मोतिया बिन्दु भएको बिरामीलाई ब्लड सुगर जाँच लगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराइएको छ । गरुडा नगरपालिकाका प्रमुख कन्थमणी प्रसाद जैयसवालले नगरलाई मौतियाबिन्दु मुक्त नगर बनाउने उदेश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो ।

तीन दिन सम्म सञ्चालन हुने शिबिरमा तिलगंगा आँखा अस्पताल काठमाडौंबाट मोतिया बिन्दुको शल्यक्रिया गर्ने पाँचजना विशेषज्ञ डाक्टर, आवश्यक औषधी सहित डाक्टर अधिकृत, फर्माशिष्ट, सैनिक उपचारिका तथा नर्सिङ्ग अर्दली गरी ३५ जना स्वास्थ्यकर्मी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?