गण्डकीको हिउँदे अधिवेशन माघ २१ गते, प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने

२०८१ माघ ९, बुधबार १२:२५

पोखरा,०९ माघ । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते बस्ने निर्णय भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद बैठक डाक्न प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?