ADVERTISEMENT

भगवान् बुद्धको जन्मभूमिबाट आएको नाताले म गान्धीजीको विरासतमा त्यही अमर ज्योति देख्दछु’ भन्दै राजघाटमा बालेनले लेखे भा’वुक सन्देश

२०८३ मंसिर ७, सोमबार १२:३५

जनकपुरधाम :भगवान् बुद्धको जन्मभूमिबाट आएको नाताले म गान्धीजीको विरासतमा त्यही अमर ज्योति देख्दछु’ भन्दै राजघाटमा बालेनले लेखे भा’वुक सन्देश

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सो अवसरमा प्रधानमन्त्री शाहले राजघाटको आगन्तुक पुस्तिकामा आफ्नो सन्देश लेख्दै भगवान् बुद्धको जन्मभूमि नेपाल र महात्मा गान्धीको विरासतबीचको आध्यात्मिक सम्बन्धलाई स्मरण गरेका छन्।

उनले सत्य, अ’हिंसा, करुणा र निःस्वार्थ सेवालाई साँचो नेतृत्वको आधारका रूपमा व्याख्या गरेका छन्।

प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा लेखेको सन्देशको पूर्ण पाठ :

‘यस पवित्र भूमिमा म महात्मा गान्धीप्रति गहिरो श्र’द्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले विश्वसामु सत्यमा यस्तो शक्ति हुन्छ, जसको तुलना अन्य कुनै बलसँग हुन सक्दैन भन्ने प्रमाणित गर्‍यो।

नेपाली जनता र नेपाल सरकारको तर्फबाट म गहिरो श्रद्धा’सुमन अर्पण गर्दछु। भगवान् बुद्धको जन्मभूमिबाट आएको नाताले म गान्धीजीको विरासतमा त्यही अमर ज्योति देख्दछु : करुणा नै सर्वोच्च श’क्ति हो र हामीमध्येका सबैभन्दा निमु’खाको नि’स्वार्थ सेवामा नै साँचो नेतृत्व निहित हुन्छ भन्ने गहन स’त्य।

नेपाल र भारत साझा भूगोलले मात्र होइन; आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले बाँ’धिएका छन्। गान्धीजीको कालजयी भावनाप्रति सम्मान प्रकट गर्दै म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो चिरस्थायी सम्बन्धलाई पोषित गर्ने नेपालको ग’म्भीर प्रतिबद्धता पुनः व्यक्त गर्दछु।

गान्धीजीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्वतर्फको हाम्रो साझा मार्गलाई निरन्तर आलोकित गरिरहून्।’

वालेन्द्र शाह
प्रधानमन्त्री, नेपाल
२३ नोभेम्बर २०२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?