जनकपुरधाम :१२ वर्षभन्दा बढी समय बितिसक्दा पनि कानुनविपरीत मुद्दाको किनारा नलगाइएको भन्दै पूर्व राज्यमन्त्री एवं पूर्व सांसद संजयकुमार साह (टकला)का समर्थकहरू आन्दोलनमा उत्रिएका छन ।
मुद्दाको शीघ्र सुनुवाइ तथा न्यायिक प्रक्रिया अघि बढाउन दबाब दिने उद्देश्यले समर्थकहरूले बुधबार जनकपुरधाममा प्रदर्शन गर्ने भएका छन्।
प्रदर्शनपछि उनीहरूले प्रमुख जिल्ला अधिकारी (CDO) लाई ज्ञापनपत्र बुझाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ।







