ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ माघ २५, शुक्रबार ११:२६

काठमाडौँ,२५ माघ । ठगी सम्बन्धी कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।  सुर्खेत लेकबेशी नगरपालिका–४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–६ कटुन्जे बस्ने २० वर्षीय प्रज्वल हमाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर जिल्ला अदालतबाट गत साउन २९ गते ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर कटुन्जेबाट पक्राउ गरेको हो ।

साथै उनी उपर वैदेशिक रोजगार न्यायाधीकरणबाट वैदेशिक रोजगार सम्बन्धी कसूरमा समेत पक्राउ अनुमति जारी भई फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?