एसियन एम्पुटी फुटबलमा नेपालले पहिलो खेल उजबेकिस्तानसंग खेल्दै

२०८१ माघ २६, शनिबार १०:३४

काठमाडौं,२६ माघ  । बंगलादेशको ढाकामा जारी एसियन एम्प्युटी फुटबल च्याम्पियनसिप २०२५ अन्र्गत नेपालले पहिलो खेल शनिबार उज्बेकिस्तानसँग खेल्दै छ ।

शुक्रबारदेखि सुरु भएको हो उक्त प्रतियोगिताको दोस्रो खेल नेपालले बंगलादेशसँग माघ २७ गते बिहान ११ः३० बजे, तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराकसँग र अन्तिम खेल २९ गते दिउँसो ३ बजे इन्डोनेसियासँग खेल्ने छ ।

एम्प्युटी खेलकुद समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । एम्प्युटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका र एउटा हात नभएका) खेलाडीहरूले खेल्ने खेल हो ।

शिक्षक चक्रबहादुर तामाङले नेपाल पनि बलियो रहेको हुँदा नतिजा राम्रो ल्याउने रणनीति बनाई त्यही अनुसार टिमको सेट तयारी गरिएको बताए । प्रतियोगितामा सहभागी हुन नेपालबाट १३ पुरूष खेलाडी ७ अफिसियल सहित २० सदस्यीय नेपाली टोली माघ २२ गते ढाका गएको थियो ।

नेपाल टिमका खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईं, राज पौडेल र प्रकाश सिंह रहेका छन् ।

नेपाल टिमको क्याप्टेनको जिम्मेवारी डिल्ली बहादुर बिष्टले समाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?