घाँस काट्दै गर्दा लडेर मृत्यु

२०८१ फाल्गुन ८, बिहीबार १३:३१
काँक्रेविहार (सुर्खेत), ८ फागुनः जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ ।
आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयो । जाजरकोटको कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
© 2026: NewsAone मा सर्वाधिक सुरक्षित छ । Privacy Policy | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Protech Nepal Pvt.Ltd




