कचनारी नाका : प्रहरी नै तस्करीको रक्षक

२०८१ फाल्गुन २४, शनिबार १३:२२

सिरहा,२४ फागुन। सिरहाको बरियारपट्टि गाउँपालिका-१ छोटकटोल कचनारी र गर्गम्मा नाकाबाट अवैध तस्करी खुलेआम भइरहेको छ। तर, कचनारी प्रहरी चौकी मौन देखिन्छ। स्रोतका अनुसार तस्करहरूबाट मोटो रकम असुलिसकेपछि प्रहरी आँखा बन्द गर्ने गरेको पाईएको छ ।

केही महिना अघि तस्करीका गाडीले सशस्त्र प्रहरी सई लक्ष्मण यादवलाई ठक्कर दिई हत्या गर्‍यो। तर, त्यसपछिसमेत तस्करी रोकिएको छैन। प्रहरी र तस्करबीचको मिलेमतो नै यसको प्रमुख कारण रहेको स्रोत बताउँछ।

भारतबाट नेपालका किसानहरूले घरायसी प्रयोजनका लागि ५ किलो चिनी वा २ लिटर तेल ल्याउँदा सीमामा खटिएका प्रहरीले हस्तक्षेप गर्छन्, कतिपय अवस्थामा समान नै खोस्छन्। तर, ठूला तस्करहरूको मालसामान भने प्रहरीकै निगरानीमा सुरक्षित रूपमा पार गर्ने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?