BYD अन्तर स्कुल टी–२०: मोनास्टिक स्कुल विजयी, फाइनल मदर टेरेशा र मोनास्टिकबीच

२०८१ फाल्गुन २५, आईतवार २१:११

जनकपुरधाम/फागुन २५ गते । जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज दोस्रो क्वालिफायरमा एर्रे इन्टरनेशनल स्कुल र मोनास्टिक स्कुल बीच भएको खेलमा मोनास्टिक स्कुल विजय भएका छन ।

आज भएको खेलमा मोनास्टिक स्कुलले टस जितेर पहिला ब्याटिंग रोजेको थियो। मोनास्टिक स्कुलले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ११५ रन बनाएको थियो। एर्रे इन्टरनेशनल स्कुललाई जितको लागि ११६ रनको लक्ष्य दिएको थियो । मोनास्टिक स्कुलको टिमका लागि आयुष राज साहले सर्वाधिक २१ रन,नितेश यादवले १२ र पीयूष ठाकुरले १५ रनको योगदान दिएको थियो । एर्रे इन्टरनेशनल स्कुलका लागि बलिङ्ग गर्दै धिरेन्द्र यादवले ३ विकेट र शिवम यादवले ३ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफी ब्याटिङका लागि आएका एर्रे इन्टरनेशनल स्कुलका खेलाडीहरु सबै विकेट गुमाउदै ६५ रन मात्र बनाउन सफल भयो। र उक्त मोनास्टिक स्कुलले ५० रनले जित्न सफल भयो। एर्रे इन्टरनेशनल स्कुलका लागि युवराज साहले सर्वाधिक १२ रन र शिवम यादवले १० रनको योगदान दिएको थियो । मोनास्टिक स्कुलको लागि बलिङ गरेको शुभ झाले ३ विकेट र नितेश यादवले २ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दि म्याच मोनास्टिक स्कुलको शुभ झा लाई प्रदान गरिएको थियो ।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका थिए । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। अब फाईनल खेल  मंगलवार मोनास्टिक स्कुल र मदर टेरेशा स्कुल बीच हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?