सुनको मूल्य घट्दा चाँदी स्थिर

२०८१ चैत्र ११, सोमबार १२:४३

काठमाडौं,११ चैत । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ भने चाँदी स्थिर रहेको छ।

आइतबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ ।

आइतबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?