तीनकुने प्रदर्शनमा सहभागी थप ४१ जना पक्राउ

२०८१ चैत्र १८, सोमबार १७:४५

काठमाडौँ,१८ चैत । तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने ४१ जना पक्राउ परेका छन्। राजावादीहरुको प्रदर्शनका क्रममा आगजानी गर्ने र तोडफोड गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राप्रपाका दुई नेता सांसद धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत छन्।
उनीहरूलाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ। राणा र मिश्रसहित ११ जनाविरुद्ध प्रहरीले राज्यविरुद्धको कसूर, संगठित अपराध र आपराधिक उपद्रवसहितको मुद्दामा अनुसन्धान गरिरहेको छ।

त्यस्तै अन्य ३० जनालाई भने आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?