भारतको कडा कदम: पाकिस्तानी नागरिकलाई देश छाड्न ४८ घण्टाको अल्टिमेटम, सिन्धु जलसम्झौता तोडियो

२०८२ बैशाख १२, शुक्रबार १३:४३

काठमाडौं,१२ वैशाख ।  जम्मु–कश्मीरको पहलगाममा भएको भीषण आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध एकपछि अर्को कडा निर्णय सार्वजनिक गरेको छ। बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको ज्यान जाने घटनालाई लिएर भारतको मन्त्रिपरिषद बैठकले ५ वटा कडा निर्णय गरेको छ, जसमा सिन्धु जल सम्झौता खारेजी र पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न दिएको निर्देशन प्रमुख छन्।

सिन्धु जल सम्झौता खारेज
२. अटारी सीमा नाका बन्द, भारत भित्र रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टामा फर्कन आदेश
३. सवै पाकिस्तानी भिसा रद्द
४. दिल्लीस्थित पाकिस्तानी दूतावासका डिफेन्स एडभाइजरलाई एक हप्तामा देश छाड्न निर्देशन
५. दूतावासमा रहेका कर्मचारी संख्या ५५ बाट घटाएर ३० मा सीमित

किन यति कडा निर्णय?
भारतले पहलगाम आक्रमणमा पाकिस्तानले समर्थन गरेका आतंकवादीहरूको संलग्नता रहेको भन्दै यी निर्णयहरू लिएको हो। यद्यपि पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने “यस हमलामा पाकिस्तानको कुनै संलग्नता छैन” भनी अस्वीकार गरेका छन्।

के हो सिन्धु जल सम्झौता?
सन् १९६० मा भारत र पाकिस्तानबीच विश्व बैंकको मध्यस्थतामा भएको यो सम्झौता अनुसार पाकिस्तानले सिन्धु नदी प्रणालीको ८०% पानी प्रयोग गर्ने अनुमति पाउँछ। यो सम्झौता खारेज भएपछि भारतले अब त्यही पानी प्रयोगमा रोक, मोड, वा बाँध बनाउन सक्छ, जसको असर पाकिस्तानको कृषि, खानेपानी र उद्योग क्षेत्रमा गहिरो पर्न सक्छ।विशेषज्ञहरूले यो कदमलाई भारत-पाकिस्तान सम्बन्धमा ऐतिहासिक मोड र दक्षिण एसियाको जल राजनीति र सुरक्षा रणनीतिमा दूरगामी असर पार्ने निर्णय मानेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?