२०० किलो लागूऔषध गाजासहित दुई जना पक्राउ

२०८२ बैशाख १६, मंगलवार १५:०५

जनकपुरधाम,१६ वैशाख । सुनसरीको बर्जु गाउँपालिका–३ स्थित नहर चोकबाट प्रहरीले झण्डै २०० किलो गाजासहित दुई जनालाई पक्राउ गरेको छ।

सोमबार राति इलाका प्रहरी कार्यालय सितागञ्जबाट खटिएको प्रहरी टोलीले भिमपुरबाट अमडुवा जाँदै गरेको प्रदेश १–०२–००२ च ५१२६ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाजा बरामद भएको हो। गाडीको डालामा राखिएका ६ वटा बोराभित्र लुकाइएका १९९.३ केजी गाजा फेला परेपछि प्रहरीले गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का ३३ वर्षीय उद्धव भण्डारी र ३० वर्षीय कबिराज राई छन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?