मटिहानीमा सशर्त अनुदानमा बोर्डिङ जडान, ३० विघा खेतमा सिचाइ सुविधा

२०८२ असार २६, बिहीबार १६:२४

महोत्तरी असार २६ । मधेश प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत सञ्चालित सिचाइ कार्यक्रममार्फत मटिहानी नगरपालिकाका किसानहरू लाभान्वित हुने भएका छन् ।

नगरपालिकाको मटिहानी, विसनपुर, गोबरौरा, मझौरा, सानो धिरापुरलगायत छवटा स्थानमा एक-एक वटा बोर्डिङ जडान गरिएका छन् । हालै नगर प्रमुख हरि प्रसाद मण्डले औपचारिक रुपमा बोर्डिङ जडान कार्यको शिलान्यास गर्नुभएको छ ।

कृषकहरूको खेतमा वर्षैभरि सिंचाइ सुविधा पुर्‍याउन सुरु गरिएको यस योजनाबाट करिब ३० विघा जमिनमा सिंचाइ हुने मटिहानी नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख मण्डका अनुसार कृषिमा उत्पादन वृद्धि र किसानहरूको आम्दानी वृद्धिका लागि आगामी दिनमा यस्ता कार्यक्रम थप विस्तार गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?