फिल्म नगरीको क्रूर मौनता : फिश वेंकटको निधनले उठाएका गम्भीर प्रश्नहरू

२०८२ श्रावण ३, शनिबार १७:३६

मुम्बईको फिल्म उद्योग असार ०३ – जहाँ एउटा चलचित्रले करोडौं कमाउँछ, जहाँ कुनै हिरोले एक इन्स्टाग्राम पोस्टमै सजिलै ५० लाख रुपैयाँ कमाउँछ, त्यही उद्योगमा एक जना ज्यानमार्दा हास्य कलाकार फिश वेंकटको मिर्गौला प्रत्यारोपणका लागि ५० लाख रुपैयाँ जुट्न सकेन।

भारतजस्तो विशाल देश, जहाँ फिल्ममा पैसा पानीझैं बग्छ, त्यहाँ वेंकटजस्ता कलाकारको जीवन यति सस्तो बन्नु गम्भीर प्रश्नको विषय हो।

वेंकटले सयौं फिल्ममा अभिनय गरे, दर्शकलाई हँसाए, ताली पाए। तर जब जीवन मृ’त्युको दोसाँधमा उभिएको थियो, उनी एक्ला परे – न हिरो आयो, न निर्माता, न सिने बोर्ड…।

उनले जिन्दगीभर बिभिन्न भूमिकामा अभिनय गरे, तर आफ्नै जीवनको अन्तिम क्षण आँसु र पीडामा बिताए।

जसका फिल्ममा उनी पृष्ठभूमिमा चम्किए, जसका निर्देशनमा उनले जीवन फुकाए, ती सबै चुप रहे। यो मौनता लाजमर्दो छ।

उनकी छोरीले सहयोगको लागि सामाजिक सञ्जालमार्फत आँसुमा अपिल गरिन्, तर फिल्म उद्योग र समाज चुप लागिरह्यो।

यो केवल एउटा कलाकारको मृ’त्यु मात्र होइन, फिल्म उद्योगभित्रको संवेदनहीनताको पनि बयान हो।

धेरै पैसा बग्ने ठाँउमा मानवीयता किन यति सस्तो भयो?

हामी सबैले सिक्न जरुरी छ – पैसाको चमकभन्दा धेरै महत्वपूर्ण हुन्छ साथ, सहानुभूति र समयमै देखाइएको मानवीयता।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?