काठमाडौं, साउन ४ –प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा प्रधानमन्त्री ओली दुई दिने दिल्ली यात्रा गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालयका एक उच्च स्रोतका अनुसार भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ। यद्यपि, मिति केही अघिपछि हुन सक्ने सम्भावना खुला राखिएको छ।
यस भ्रमणलाई दुई देशबीचको सम्बन्ध मजबुत बनाउन महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्री ओलीले दिल्लीमा विभिन्न उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।






