काठमाडौं, श्रावण २८ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सरकारले आगामी १० वर्षभित्र बाध्यतामूलक वैदेशिक रोजगारीको आवश्यकता समाप्त गर्ने लक्ष्य राखेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा हिजो आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले हरेक वर्ष करिब ५ लाख युवा श्रमिक बजारमा प्रवेश गर्नेमा स्वदेशमै रोजगार वा उद्यमशीलतामा केवल १ लाखलाई मात्र समाहित गर्न सकिएको उल्लेख गरे। उनले अब यो दर उल्लेख्य रूपमा बढाउनेमा सरकार कटिबद्ध रहेको स्पष्ट पारे।
विदेशमा रोजगारीको बाध्यता हटाउन, देशभित्रै अवसर सिर्जना गर्न र युवालाई आत्मनिर्भर बनाउन सरकारले ठोस योजना अघि बढाएको छ मन्त्री भण्डारीले भने।
कार्यक्रममा परराष्ट्र मन्त्री आरजु देउवा पनि सहभागी थिइन्।






