चार महिनामै उत्कृष्ट कर्मचारी घोषित सह–लेखापाल मुखियालाई सम्मान

२०८२ भाद्र ९, सोमबार २१:२०

सप्तरी ,भाद्र ९ : वन तथा वातावरण मन्त्रालयमा कार्यरत सह–लेखापाल  इन्द्र चन्द्र मुखियाले जागिर सुरु गरेको चार महिना नबित्दै उत्कृष्ट कर्मचारीको रुपमा परिचित बन्न सफल भएका छन्। छोटो समयमै इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्दै उल्लेखनीय योगदान दिएका मुखियालाई मन्त्रालयले सम्मानित गरेको हो।

सो अवसरमा वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री सञ्जय कुमार यादव र मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले मुखियालाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको छ।

कार्यक्रममा वक्ताहरूले मुखियाले छोटो अवधिमै देखाएको मेहनत, लगनशीलता र इमान्दारिताले मन्त्रालयका कार्यसम्पादनमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?