राजविराज,१६ भदौ। गोपाल सेवा समिति लहानले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा जे.एस. मुरारका बहुमुखी क्याम्पस, लहानमा विशेष वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री मा. संजय कुमार यादव तथा लहान नगरपालिकाका मेयर श्री महेश कुमार चौधरी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा गोपाल सेवा समितिको टिम, समाजसेवी, विद्यार्थी, स्थानीयबासी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।
समितिका पदाधिकारीहरूले प्रकृतिको संरक्षण, वातावरणीय सन्तुलन र हरित लहान निर्माणका लागि निरन्तर योगदान पुर्याउने प्रतिबद्धता जनाए। साथै, “वृक्षारोपण गरी, प्रकृति संरक्षण गरौँ” भन्ने नारासहित कार्यक्रममा सहभागीहरूले पर्यावरणीय सचेतना फैलाउन र सामाजिक उत्तरदायित्व निर्वाह गर्न आह्वान गरे।
कार्यक्रम अन्तर्गत क्याम्पस परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरिनुका साथै आसपासको क्षेत्रको सफा-सफाइ अभियान पनि सञ्चालन गरिएको समितिले जानकारी दिएको छ।






