बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत

२०८२ आश्विन ६, सोमबार ११:४१

काठमाडौँ,०६ असोज । बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत गरिएको छ। नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावलीको पुर्व सन्ध्यामा स्थानीयहरुले राँगा जुधाएर दशैको स्वागत गरेका हुन्।

हिन्दुहरुको महान् पर्व विजयदशमिको घटस्थापनाको पहिलो दिन भगवतीको पुजाआराधना गरि घरघरमा जमरा राखि दशैको शुभारम्भ गरिन्छ ।तर बाजुरामा भने एकआपसमा राँगा जुधाएर दशैको शुभारम्भ गरिएको हो ।

बाजुराको सदरमुकाम मार्तडी स्थिति बडीमालिका नगरपालिका वडा।नमवर ८ बाउलीमा मार्तडीबासीहरुले एकआपसमा राँगालाई जुधाएर दशैँको स्वागत गरेका हुन्।हरेक बर्ष झैँ यस बर्ष पनि राँगा जुधाएर महान चाड बडादशैको स्वागत गरिएको बडिमालिका नगरपालिका वडा।नम्बर ८ का स्थानीय धने थापाले बताए ।

हरेक बर्ष घटस्थापनाको अघिल्लो दिनमा राँगा जुधाएर दशैलाई स्वागत गर्ने प्रचलन अनुसार यो बर्ष पनि भव्य रुपमा राँगा जुधाएर दसैंको स्वागत गरिएको उनले बताएका छन्।यहाँका स्थानीयले एक आपसमा राँगा जुधाएर बडा दशैंको स्वागत गर्ने गरेका छन् । रावल वाडा र थापाबाडा ओल्लो पल्लो गाउँका राँगाहरु जुधाईएका हुन्।जसमा थापाबाडिको
राँगाले जितेको हो।

लेकबाट औलतिर भैसीहरु झारिसके पछि एकआपसमा कसको राँगामा कति बल छ,कसले राम्रोसँग पालन गरेको छ भन्ने कुरा प्रष्ट पार्न घटस्थापनाको अघिल्लो दिन जुधाईने प्रचलन रहेको छ ।महान् पर्व विजया दशमीको अबसरमा रागाँ जुधाएर दशैको स्वागत गरिन्छ भन्ने कुरा अविश्वासको र अचम्म लाग्न सक्छ । तर बास्तवमै हरेक बर्ष बाजुराको मार्तडीमा रागाँ जुधाएर दशैको आरम्भ गर्ने चलन छ ।

मार्तडी मात्रै नभई जिल्लाका अन्य ठाउँमा पनि घटस्थापनाको अघिल्लो दिन औंसीदेखि दसैं अवधिभर राँगा जुधाएर रमाइलो गर्ने चलन छ । राँगा जुधाई खेलमा जित्ने राँगा र गाउँवासी निकै उत्साहित हुन्छन् । जुधाईमा जित्ने राँगो,मालिक र गाउँलेको शिर उच्चो हुने स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?