जनकपुरधाममा विद्यापति स्मृति पर्व २०८२ मनाइयो

२०८२ कार्तिक १७, सोमबार २०:१५

जनकपुरधाम– मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। कार्तिक धवल त्रयोदशी अर्थात् आजैका दिन महाकवि विद्यापतिको अवसान भएको स्मरणमा प्रत्येक वर्ष विभिन्न संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउने गरेको छ।

जनकपुरधाम स्थित विद्यापति चोकमा विद्यापति स्मृति पर्व समितिले आयोजना गरेको स्मृति दिवस समारोहमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरले विद्यापतिको रचनाहरु कालजयी भएकाले धेरै भाषाका साहित्यकारले उनलाई आफ्नो भाषाका महाकविको रुपमा स्वीकार गरेको बताए।

अध्यक्ष ठाकुरले मैथिली भाषालाई रोजगारीसँग जोडेको खण्डमा मात्र विद्यापति प्रतिको सच्च श्रद्धाञ्जली हुने भएकालेल यसका लागि प्रदेश सरकारले अब काम गर्न जरुरी रहेको बताए। उनले महाकवि विद्यापतिलाई हिन्दी, वंगाली तथा मैथिली भाषीहरुले महाकविको रुपमा स्वीकार गरेकाले उनी दक्षिण एशिया तथा विश्व साहित्यका पूजनीय व्यक्तित्व रहेको बताए।

यस्तै, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ९सोनल० ले कुनै पनि भाषाको विकासका लागि राजकीय संरक्षण तथा रोजागारीसँग जोड्न जरुरी रहेकाले मधेस प्रदेश सरकारले मैथिली भाषालाई प्रदेशको प्रमुख भाषाको रुपमा राख्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?