राष्ट्रियसभा र प्रतिनिधिसभा चुनावमा संघीय लोकतान्त्रिक मोर्चाको सहभागिता, निष्पक्ष वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह

२०८२ मंसिर ७, आईतवार ०८:४७

काठमाडौँ,मंसिर ६ — संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा आज बसेको बैठकले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ तथा प्रतिनिधि सभा निर्वाचन, २०८२ मा सहभागी हुने निर्णय गरेको छ ।

 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष तथा संघीय लोकतान्त्रिक मोर्चाका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई भयमुक्त, स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन नेपाल सरकारसँग माग गरेको छ ।

 

मोर्चाका घटक दलहरू मिलेर संयुक्त रूपमा निर्वाचनमा जाने निर्णय सर्वसम्मतिले पारित भएको बैठकले जनाएको छ ।

 

अध्यक्ष ठाकुरले निष्पक्ष निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताउँदै सरकार र सम्बन्धित निकायहरूलाई आवश्यक तयारी र सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?