DSWCN संस्थापक सुनिल ठाकुरलाई कर्मचारीद्वारा विशेष सम्मान

२०८२ मंसिर ११, बिहीबार १८:४४

मंसिर ११, महोत्तरी। दलित समाज उत्थान समिति नेपाल (DSWCN) का संस्थापक अध्यक्ष तथा सामाजिक रूपान्तरणका अग्रणी अभियन्ता सुनिल ठाकुरलाई संस्थामा कार्यरत कर्मचारीहरूले एक समारोह बीच विशेष सम्मान प्रदान गरेका छन्।

सरप्राइज रूपमा आयोजना गरिएको कार्यक्रममा कर्मचारीहरूले ठाकुरको नेतृत्व, मार्गदर्शन र समुदाय उत्थानमा पुर्‍याएको भूमिकाको उच्च प्रशंसा गरेका थिए कार्यक्रममा उपस्थित कर्मचारीहरूले “ठाकुरज्यूको दूरदृष्टि, समर्पण र निरन्तर संघर्षकै कारण आजको DSWCN संस्थाको पहिचान बनेको छ। उहाँले दिएको प्रेरणाले हामी सदैव ऋणी छौँ,” भन्दै कृतज्ञता व्यक्त गरे।

समारोहमा ढाका टोपी, नेपालको झण्डा, माला, दोसल्ला तथा मायाका चिनोसहित अध्यक्ष ठाकुरलाई सम्मान गरिएको थियो।
“यो सम्मान मेरो होइन, सम्पूर्ण टिमको हो” — अध्यक्ष ठाकुर
सम्मान ग्रहण गर्दै संस्थापक अध्यक्ष ठाकुर भावविह्वल बने। उनले संस्थालाई आजको स्तरमा पुर्‍याउन कर्मचारीहरूको योगदान नै मुख्य रहेको उल्लेख गर्दै भने,“समुदायको हकहित र सामाजिक न्यायका अभियानमा तपाईंहरूको श्रम, विश्वास र प्रतिबद्धताले नै संस्थालाई अघि बढाएको छ। यो सम्मान मेरो मात्र होइन, सम्पूर्ण टिमको सम्मान हो।

कर्मचारीलाई ‘जिरोबाट हिरो’ — ठाकुरको नेतृत्व चिनारी
२५ वर्षदेखि सक्रिय ठाकुरलाई कर्मचारीहरू “जिरोबाट हिरो बनाउन सक्ने नेता” भनेर सम्बोधन गर्छन्।कर्मचारीहरूको भनाइमा, “सुनिल सरले हाम्रो क्षमता चिन्नुभयो। काम मात्र दिएनन्, आत्मविश्वास, अवसर र नेतृत्व उठ्ने ठाउँ दिनुभयो।
उनको नेतृत्व शैली, सहकार्य संस्कृति र गलतिलाई अवसरमा रूपान्तरण गर्ने क्षमताका कारण धेरै कर्मचारीहरू संस्थाभित्र जिम्मेवार नेतृत्वकर्ता बनेका छन्।

ठाकुर धेरैपटक भन्दै आएका छन्— “कर्मचारी सफल भए संस्था सफल हुन्छ। हरेक कर्मचारीभित्र एउटा ‘हिरो’ हुन्छ, नेतृत्वले त्यसलाई चिन्नुपर्ने मात्र हो।”
२५ वर्षको यात्रालाई भावनात्मक स्मरण समारोहमा कर्मचारी र अध्यक्ष दुवै पक्ष भावनात्मक भएका थिए।

कर्मचारीहरूले २५ वर्षअघि DSWCN स्थापना गर्ने ठोस निर्णयलाई “ऐतिहासिक मोड” उल्लेख गर्दै ठाकुरको दूरदृष्टिप्रति धन्यवाद ज्ञापन गरे। एक कर्मचारीका शब्दमा, “आज हामी जे छौँ, उहाँले दिएको विश्वास र अवसरकै कारण सम्भव भएको हो।”
त्यसैगरी, अध्यक्ष ठाकुरले पनि कर्मचारीहरूको प्रतिबद्धता र मेहनतलाई स्मरण गर्दै भने, “तपाईंहरूकै कारण यो संस्था समुदायमा सकारात्मक परिवर्तनको आधार बनेको हो।

आगामी दिनमा अझ सशक्त अभियान सुरु गर्ने घोषणा
कार्यक्रमको अन्त्यमा कर्मचारीहरूले आगामी दिनमा समुदाय विकास, क्षमता अभिवृद्धि र सामाजिक न्यायका कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिवद्धता जाहेर गरेका थिए।

समुदायको अधिकार, समानता र सामाजिक न्यायका मुद्दामा काम गर्दै आएको DSWCN ले २५ वर्षको यात्रापछि आफूलाई अझ मजबुत रूपमा स्थापित गर्न प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?