मधेश प्रदेशका सक्रिय पत्रकारहरूलाई सभामुख यादवद्वारा सम्मान

२०८२ पुष १२, शनिबार ००:०७

जनकपुरधाम, पुष ११ – मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले मधेश प्रदेश सरकारले सुशासन कायम गर्दै समृद्धि र लोकतन्त्रको मजबुतीका लागि प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन्।

शुक्रबार मधेश प्रदेशसभामा आयोजित सञ्चारकर्मीसँगको भेट तथा सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेशसभा र प्रदेश सरकारबीच सुदृढ सम्बन्ध रहेको उल्लेख गरे। सामाजिक न्यायका पक्षमा सरकारले गर्ने कार्यमा प्रदेशसभाको पूर्ण साथ रहने उनको भनाइ थियो।

सभामुख यादवले सभामुख पद कुनै दल विशेषको नभई साझा पद भएको भन्दै संविधानको परिधिमा रहेर संघीयता र लोकतन्त्रको रक्षा गर्न आफू प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा मधेश प्रदेशमा क्रियाशील सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा प्रदेशसभा सचिवालयका सचिव बासु कोइरालाले सामाजिक विकृति र अन्यायविरुद्ध कलम चलाउन पत्रकारहरूलाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?