पुष १६, महोत्तरी / रतौली युवा क्लबले जाडोयाममा विपन्न तथा अशहाय परिवारलाई न्यानो प्रदान गर्ने उद्देश्यले कम्बल वितरण गरेको छ।

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहकार्य तथा पिपरा गाउँपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत पिपरा गाउँपालिका–६ स्थित रहिमानपुर टोलमा बसोबास गर्दै आएका गरिब तथा अति विपन्न समुदायका ८५ परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो।

कार्यक्रममार्फत चिसो मौसममा कठिन जीवन यापन गरिरहेका परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ। क्लवका कार्यकारी निर्देशक बैधनाथ चौधरीले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।






