जनकपुरधामको पिडारी चोकमा ‘होटल द जनकपुर’ सञ्चालनमा

२०८२ पुष २१, सोमबार १४:१२

जनकपुरधाम, पुष :जनकपुरधाम–०९ स्थित पिडारी चौकमा नयाँ होटल ‘होटल द जनकपुर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

स्थानीय स्तरमै गुणस्तरीय खाना तथा आरामदायी सेवा प्रदान गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको सञ्चालक पक्षले जनाएको छ। होटलमा नेपाली तथा भारतीय खानाका साथै विभिन्न स्वादिष्ट परिकारहरू उपलब्ध छन्।

स्वच्छता, स्वाद र उचित मूल्यलाई प्राथमिकतामा राख्दै ग्राहकलाई सेवा प्रदान गरिने होटलले सञ्चालकले जनाएको छ। नयाँ होटल सञ्चालनमा आएपछि स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै पिडारी चौक क्षेत्रको व्यावसायिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?