जनकपुरमा बालेन शाह र पूर्वयुवराज पारस एउटै होटलमा

२०८२ माघ ४, आईतवार २२:४२

जनकपुरधाम माघ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज पारस शाह जनकपुरधाममा एउटै होटलमा बसिरहेका छन्। आइतबार साँझ जनकपुर आइपुगेका उनीहरू ‘मिथिला यात्री निवास’ मा बसेको स्रोतले जनाएको छ।

रास्वपाको सोमबार जनकपुरमा हुने ‘परिवर्तन उद्घोष सभा’ मा सहभागी हुन बालेन हवाइमार्गबाट जनकपुर आएका हुन्। सोही होटलमा पूर्वयुवराज पारस शाहसँगै पूर्वयुवराज्ञी हिमानी शाह पनि रहेको बताइएको छ। उनीहरू विराटनगर हुँदै जनकपुरधाम पुगेको बुझिएको छ।

समसामयिक राजनीतिमा सक्रिय र उदाउँदै गरेका एक नेता र पूर्व राजपरिवारका सदस्यहरू एउटै होटलमा देखिनुले जनकपुरको राजनीतिक तथा सामाजिक क्षेत्रमै चासो र चर्चा बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?