गाडीसहित चालक र अर्नालाई कोशी टप्पु वन्यजन्तु आरक्ष र नेपाली सेनाको नियन्त्रणमा

२०८२ माघ १३, मंगलवार १९:४३

सप्तरी : बिहीबार सप्तरीको तोपा बजार स्थितबाट को २ च १८१७ नम्बरको स्कार्पियोमा लोड गरि अवैध रूपमा बिक्री वितरण गर्नु लगिरहेको अवस्थामा गाडीसहित चालक र अर्नालाई कोशी टप्पु वन्यजन्तु आरक्ष र नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख वार्डन दिपेन्द्र कुमार यादवका अनुसार चालक सहित चारवटा अर्ना र तीनवटा राँगा गरी सातवटा जनावरलाई अवैध रुपमा बिक्री वितरण गर्ने उद्देश्यले लगिरहेको अवस्थामा पक्राउ गरी आरक्ष मै राखिएको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

 

स्रोतका अनुसार सप्तरीमा पछिल्लो प्रशासनकै मिलोमतोमा समय कोशी टप्पु वन्यजन्तु आरक्षका जनावरहरू सप्तरीबाट अवैध रुपमा नेपाल र भारत दुवै तर्फ कारोबार भइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?