सामाजिक सञ्जाल अनुगमन कडा : ‘कुन पार्टीलाई भोट?’ सोध्नै नपाइने, उल्लङ्घनमा कारबाही

२०८२ माघ १९, सोमबार १५:५८

जनकपुरधाम माघ १९ : निर्वाचन आचारसंहिता अनुगमन कार्यालय झापाले सामाजिक सञ्जालमा हुने गतिविधिमाथि कडाइ बढाएको छ। फेसबुक, युट्युबसहितका प्लेटफर्ममा ‘कुन पार्टी वा चुनाव चिह्नमा मतदान गर्नुहुन्छ?’ जस्ता प्रश्न गर्न रोक लगाइएको छ। यस्ता प्रश्नले मतदाताको गोपनीयता भङ्ग गर्ने र आचारसंहिता उल्लङ्घन हुने ठहर गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेद्वारा जारी सूचनामा यस्ता गतिविधि दोहोरिए कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

यस कडाइले सामाजिक सञ्जालमा प्रभाव जमाएका झापा–५ का उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाहलाई चुनौती थपिएको बताइएको छ। निर्वाचन आयोगले यसपटक खर्च सीमा र डिजिटल प्रचार–प्रसारमा पनि कडा निगरानी थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?