धनुषा:३ मा दिवाकर साहको बढदो लोकप्रियताले दलका उम्मेदवार लाई चुनौती थपिदै त्रिकोण समीकरण बाट निस्किदै आम छपका उम्मेदवार दिवाकर साह !

२०८२ फाल्गुन ४, सोमबार १४:५३

जनकपुरधाम फाल्गुन ४:  धनुषा–३ मा यतिबेला राजनीतिक बहस चिया पसलदेखि किसानका खेतका छेउसम्म र युवा समूहका छलफलसम्म तातेको छ। अधिकांश स्थानमा एउटै स्वर सुनिन्छ पुरानै समीकरण र दोहोरिँदै आएको त्रिकोणीय प्रतिस्पर्धाबाट जनता थाकिसकेका छिन्।

हालै सार्वजनिक जनमत सर्वेक्षणहरूले पनि मतदाताको यही मनोभावलाई पुष्टि गरेका छन्। मतदाताले अब नयाँ अनुहार, साहसी सोच र स्पष्ट भिजन भएको नेतृत्व खोजिरहेको देखिन्छ।

यही बदलिँदो राजनीतिक हावाबीच आम छापका उम्मेदवार दिवाकर साह शान्त तर दृढ रूपमा अघि बढिरहेका छन्। उनको शैली आक्रामकभन्दा आत्मविश्वासी देखिन्छ। ठूला भाषणभन्दा स्पष्ट योजना प्रस्तुत गर्ने उनको रणनीति मतदातामाझ चर्चा बटुलिरहेको छ।
दिवाकर साहको दाबी केवल निर्वाचन जित्ने मात्र नभई परिणाममुखी काम गर्ने रहेको छ।

धनुषा–३ अहिले परिवर्तनको मोडमा उभिएको विश्लेषकहरूको भनाइ छ। र जब जनता नयाँ अध्याय सुरु गर्ने तयारीमा हुन्छन्, त्यसको सुरुवात कुनै न कुनै पात्रबाट हुने गर्दछ। यसपटक त्यो पात्रका रूपमा धेरैको नजर दिवाकर साहतर्फ केन्द्रित हुँदै गएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?