जनकपुरधाम फालगुन ५ :नेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ।
पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड करिडोर नाम दिइएको यो सडक काठमाडौँबाट सुरु भई भीमनगर–वीरपुर हुँदै बिहारको सुपौल र भागलपुर भएर देवघर पुग्नेछ। यस आयोजनाका लागि भारतको केन्द्रीय सरकारले प्रशासनिक तयारी अघि बढाउन निर्देशन दिइसकेको बताइएको छ।
करिडोर निर्माण भएपछि दुई देशका प्रमुख धार्मिक स्थलबीचको यात्रा समय छोटिने, आवागमन सहज हुने र धार्मिक पर्यटनमा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको छ।






