फाल्गुन ५ : धनुषा क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिवाकर शाहको पक्षमा विभिन्न राजनीतिक दलमा आबद्ध युवाहरू खुलेर समर्थनमा उत्रिएका छन्। उनीहरूले ‘आप’ छापमा मतदान गर्न अपिल गर्दै गाउँ–सहरमा सक्रिय अभियान चलाइरहेका छन्।
समर्थक युवाहरूका अनुसार विगतदेखि निडर र निष्पक्ष पत्रकारितामार्फत जनताको पक्षमा आवाज उठाउँदै आएका दिवाकर शाहले राजनीतिक जिम्मेवारीमा पनि त्यही प्रतिबद्धता कायम राख्ने विश्वास लिइएको छ।

युवाहरूले विगतका जनप्रतिनिधिहरूले चुनाव जितेपछि जनताको समस्या बुझ्न गाउँ फर्केर नआएको गुनासो समेत व्यक्त गरेका छन्। सडक, सिँचाइ, शिक्षा र
स्वास्थ्यजस्ता आधारभूत विषयमा अपेक्षित काम नभएको भन्दै अब नयाँ र जवाफदेही नेतृत्व आवश्यक रहेको उनीहरूको धारणा छ।

युवामात्र होइन, आमा–दिदीबहिनी तथा ज्येष्ठ नागरिकहरूको समेत उल्लेखनीय समर्थन दिवाकर शाहलाई प्राप्त भइरहेको बताइएको छ। समग्र क्षेत्रको दिगो विकास र पारदर्शी नेतृत्वका लागि ‘आप’ छापमा मतदान गर्न समर्थकहरूले आग्रह गरेका छन्।






