गौर–४ मा जनतासँग भेटघाट तथा लालबकैया बाँधको अनुगमन

२०८३ श्रावण १०, आईतवार १७:३०

मेवालाल यादव/रौतहट | गौर नगरपालिका–४ मा जनतासँग प्रत्यक्ष भेटघाट तथा लालबकैया बाँधको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न भएको छ। मा. डा. शहजान खातुन, गौर नगरपालिकाका मेयर प्रत्याशी मोहन यादव तथा डा. सरफराज तैयब सहभागी भई स्थानीयवासीका समस्या सुन्नुका साथै बाँधको अवस्थाबारे स्थलगत निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा स्थानीय बासिन्दाले बाढी नियन्त्रण, तटबन्धको संरक्षण, खानेपानी, सडक तथा अन्य आधारभूत सेवासम्बन्धी समस्या र आवश्यकताबारे ध्यानाकर्षण गराएका थिए। सहभागी नेतृत्वले जनताका गुनासो र सुझावलाई सम्बन्धित निकायसम्म पुर्‍याई आवश्यक पहल गर्ने गौर नगरपालिकाका मेयर प्रत्याशी मोहन यादवले प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेस पार्टीको गौर नगरपालिकाका युवा नेता मोहन यादवको पहलमा अनुगमन टोलीले वडा नम्बर ४ का विभिन्न बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै विकास निर्माण तथा जनजीविकासँग सम्बन्धित विषयमा यादवले जानकारी लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?