जनमत पार्टी सप्तरी–२ अन्तर्गत महिला जनमत संघको टोलीलाई लक्षित गर्दै पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा समानुपातिक उम्मेदवार ममता झाले प्रभावकारी प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुभएको छ।
आयोजित प्रशिक्षण कार्यक्रममा ममता झाले महिलाहरूको राजनीतिक सहभागिता, संगठन सुदृढीकरण र नेतृत्व विकासका विषयमा विस्तृत मार्गदर्शन गर्नुभयो। उहाँले महिलाहरूको सक्रिय र प्रभावकारी सहभागिता बिना दिगो राजनीतिक परिवर्तन सम्भव नहुने बताउँदै जनमत पार्टीले महिला सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
उहाँले महिला जनमत संघका पदाधिकारी तथा सदस्यहरूलाई गाउँ–गाउँसम्म पार्टीको विचार, सिद्धान्त र एजेण्डा पुर्याउन आग्रह गर्दै अनुशासन, एकता र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो। कार्यक्रममा सहभागी महिलाहरूले प्रशिक्षणले आफूहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि भएको प्रतिक्रिया दिएका छन्।
प्रशिक्षण कार्यक्रमले महिला नेतृत्वलाई थप मजबुत बनाउँदै संगठन विस्तार तथा जनसम्पर्क अभियानमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूले आगामी दिनमा अझ सक्रिय र संगठित ढंगले संगठन निर्माण तथा जनसेवामा समर्पित रहने प्रतिबद्धता जनाएका छन्।






