भारतीय पासपोर्ट देखिएपछि डा. तुषार सरवजनाको नेमेका दर्ता खारेज

२०८३ बैशाख ३, बिहीबार १८:३६

नेपाल मेडिकल काउन्सिलले डा। तुषार सरवजनाको चिकित्सकका रुपमा काउन्सिलमा भएको अस्थायी दर्ता र विशेषज्ञ दर्ता खारेज गरेको छ।

काउन्सिलको दर्ता समितिको निर्णयअनुसार, डा। सरवजनाको दर्ता खारिज गरिएको काउन्सिलका रजिस्ट्रार डा। सतिसकुमार देवले बताए। डा। सरवजनाले भारतको राहदानीका आधारमा अध्ययन गरेको देखिएकाले उनको दर्ता खारेज गरिएको रजिस्ट्रार देवले जानकारी दिए।

‘भारतीय गणराज्यको पासपोर्ट र नेपाली नागरिकता प्रमाणपत्र रहँदारहँदै तथा भारतीय गणराज्यको पासपोर्टबाट फरिजन नेसनलअन्तर्गत अध्ययन गर्नुभएको चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्न नमिल्ने हुँदा निजको हालको दर्ता ९तुषार सरवजना नेमेका दर्ता नं। ३५१४२० खारेज गर्ने निर्णय भयो,’ काउन्सिलको निर्णयमा भनिएको छ।

डा.सरवजनाले स्थायी दर्ताका लागि काउन्सिलमा निवेदन दिएका थिए। स्थायी दर्ताका लागि बुझाएका कागजात अध्ययन गर्दा अध्ययन गर्दा उनीसँग भारतको पासपोर्ट र नेपाली नागरिकता ९वंशज० रहेको देखिएको थियो।

त्यस्तै, काउन्सिलले उनको अध्ययनबारे पनि बुझेको थियो। उनले विदेश नागरिकका रुपमा एमबीबीएस अध्ययन गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले काउन्सिलमा पत्र पठाएको थियो।

नागरिकताबारे अध्ययन गर्दा गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयले पनि जानकारी पठाएको थियो। जसअनुसार, उनले २०७८ मंसिर २८ गते वंशजका आधारमा नागरिकता प्रमाणपत्र जारी भएको देखिएको छ।

यस्तै, भारतको नेसनल मेडिकल काउन्सिलमा पनि उनको दर्ता नम्बर रहेको पाइएको छ। यी सबै अध्ययनपछि काउन्सिलले डा। सरवजनाको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?