सप्तरीमा प्रेस चौतारीका सचिवले दिए राजीनामा, आन्तरिक असन्तुष्टिको संकेत

२०८३ बैशाख ८, मंगलवार १६:३०

प्रेस चौतारी नेपाल सप्तरी जिल्ला कार्यसमितिका सचिव कृष्णकुमार मण्डलले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आजैदेखि लागू हुने गरी सचिव पदसँगै साधारण सदस्यता समेत त्यागेको जानकारी दिएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै मण्डलले संगठनभित्र रहेर सत्य र सही पक्षमा प्रभावकारी रूपमा उभिन अनुकूल वातावरण नपाएको बताएका छन्। साथै, संगठनको आन्तरिक कार्यशैली तथा सैद्धान्तिक अडानप्रति अपेक्षाअनुसार योगदान दिन नसकेको महसुस भएपछि राजीनामा दिने निर्णय गरेको उनले उल्लेख गरेका छन्।

संगठनबाट अलग भए पनि पत्रकारिता क्षेत्रका मूल्य, मान्यता र व्यावसायिक धर्मप्रति आफ्नो प्रतिबद्धता कायम रहने उनको भनाइ छ।

मण्डल हाल नेपाल पत्रकार महासंघ सप्तरी शाखामा सह–सचिवको जिम्मेवारीमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?