जंगली बँदेलको आक्रमणले सर्लाहीमा एकजना को मृत्यू

२०८३ बैशाख १४, सोमबार ०९:५२

जनकपुरधाम :सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको दुःखद मृत्यु भएको छ। लालबन्दी नगरपालिका–१५ पिडखोल्सी निवासी ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) को ज्यान गएको हो।

स्थानीयका अनुसार, मकैबारीमा पटक–पटक क्षति पुर्‍याउँदै आएको बँदेललाई धपाउन जाँदा एक्कासी आक्रमण भएको थियो। आक्रमणमा परेर गम्भीर घाइते भएका थिङलाई उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि शव परिवारलाई जिम्मा लगाइने बताइएको छ।

यस घटनाले स्थानीयमा त्रास फैलिएको छ भने जंगली जनावरको जोखिम नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?