भदौ, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।
मंगलबार अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८ औँ संस्करणको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।
उहाँले जलविद्युत्को धनी देश नेपालले पेट्रोलियम पदार्थको आयत घटाएर विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे ।उहाँको भनाई अनुसार नेपाल जलस्रोत मा धनी भएको देशमा इभी धेरै आवश्यक हो।
मुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटो शो मोबाइलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको धारणा राखे ।
गत वर्ष अटोमोबाइल क्षेत्रबाट राज्यलाई ८१ अर्ब रुपैयाँ राजस्व योगदान गरेको जानकारी दिदै उनले मुलुकको कूल राजश्वको करिब आठ देखि नौ प्रतिशत हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा मात्र हेरिनु नहुने धारणा व्यक्त गरे ।
नाडा स्थापना भएको ५० वर्षको अवसरमा ‘उद्योगदेखि रोजगार सम्म’ भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त मेला भदौ २४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।






