वैशाख २८ देखि जेठ १ सम्म सरसफाइ अभियान देशै भर

२०८३ बैशाख २७, आईतवार १६:२१

काठमाडौं । सरकारले आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । अभियानमार्फत सरकारी कार्यालय, सार्वजनिक संस्था तथा स्थानीय तहमा सरसफाइ प्रवर्द्धन, फोहोर व्यवस्थापन, शौचालय सुधार र सेवाग्राहीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अभियानको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता ले काठमाडौंस्थित वीर अस्पताल बाट गर्ने कार्यक्रम तय गरिएको छ ।

 

सरकारले अभियानमार्फत सार्वजनिक निकायहरूलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?