सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पास

२०८३ बैशाख ३१, बिहीबार १९:३०

काठमाडौं– राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नरहेको राष्ट्रिय सभाले बहुमतका आधारमा नीति तथा कार्यक्रम अनुमोदन गरेको हो ।

 

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । त्यसपछि राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरेको हो ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले तीन दिनअघि संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?