पूर्वगृहमन्त्री गुरुङ भन्छन्- मेरो गल्तीमा सरकारले जोगाउँदैन

२०८३ जेष्ठ १, शुक्रबार २१:०१

काठमाडौं । पूर्वगृहमन्त्री सुदन गुरुङले आफ्नो गल्ती प्रमाणित भए सरकारले नजोगाउने बताएका छन्।

आफूबारे छानबिनका लागि समिति गठन भएको भन्दै गल्ती गरेको प्रमाणित भए सरकारले नजोगाउने बताएका हुन्।

छानबिनबाट आफूबारे सत्यतथ्य जानकारी सरकारले बाहिर ल्याउने उनको भनाइ छ। ‘हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रममन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन,’ उनले भने।

सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा रहेका व्यापारी दीपक भट्टसँग व्यावसायिक साझेदारी गरेको देखिएपछि गुरुङलाई गृहमन्त्रीबाट हटाइएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?