दिवश सर्राफ राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश युवा तथा खेलकुद विभागको सह–संयोजकमा नियुक्त

२०८३ जेष्ठ ९, शनिबार २०:४१

जनकपुरधाम,०९ जेठ ; युवा नेतृत्व, सामाजिक सक्रियता तथा खेलकुद क्षेत्रसँग लामो समयदेखि सक्रिय रूपमा जोडिँदै आएका दिवश सर्राफलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशको युवा तथा खेलकुद विभागको सह–संयोजक पदमा नियुक्त गरिएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका–१५, भेडियाही निवासी सर्राफ स्थानीय स्तरमा युवामाझ परिचित तथा सक्रिय युवा अभियन्ताका रूपमा चिनिन्छन्। उनले लामो समयदेखि युवा परिचालन, सामाजिक विकासका कार्यक्रम, खेलकुद गतिविधि तथा समुदाय केन्द्रित अभियानहरूमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।

विशेषगरी युवालाई सकारात्मक सोच, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने अभियानमा उनको सक्रियता उल्लेखनीय मानिन्छ। खेलकुद क्षेत्रको प्रवर्द्धन, युवा सहभागिता अभिवृद्धि तथा सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालनमार्फत उनले स्थानीय समुदायमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।

सामाजिक सेवाबाट आफ्नो यात्रा सुरु गरेका सर्राफ अब नयाँ राजनीतिक अध्यायमा प्रवेश गरेका छन्। नियुक्तिपछि उनले मधेश प्रदेशका युवाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउने, खेलकुद क्षेत्रको विकासका लागि प्रभावकारी पहल गर्ने तथा युवालाई अवसर र नेतृत्वसँग जोड्ने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको नियुक्तिलाई मधेश प्रदेशका युवामाझ नयाँ ऊर्जा, आशा र परिवर्तनको संकेतका रूपमा हेरिएको छ। स्थानीय युवा वर्गले विकास, सुशासन, पारदर्शिता तथा युवामुखी नेतृत्व स्थापनाका लागि सर्राफको नयाँ भूमिकाले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय युवालाई नेतृत्व तहमा अघि बढाउने रणनीतिअन्तर्गत विभिन्न क्षेत्रमा सक्रिय युवालाई जिम्मेवारी दिँदै आएको छ। यही क्रममा दिवश सर्राफको नियुक्तिलाई मधेश प्रदेशमा युवामुखी राजनीतिक सहभागिता विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?