ADVERTISEMENT

विपन्न र अपाङ्गता भएको ब्यक्तीलाई आत्मनिर्भर बनाउन रतौली युवा क्लब द्वारा व्यवसायिक सामाग्री सहयोग

२०८३ आश्विन २८, बुधबार २३:०८

मो. इर्शाद  महोत्तरीको बलवा नगरपालिका तथा महोत्तरी गाउँपालिकाका विपन्न परिवार तथा अपाङ्गता भएका व्यक्तिलाई आर्थिक रूपले आत्मनिर्भर बनाउदै सहज जीवनको सुनिश्चितता गर्ने उद्देश्यले रतौलीयुवा क्लब द्वारा साना व्यवसाय संचालनका लागि व्यवसायिक सामाग्री प्रदान गरिएको छ ।

 

सिबिएम ग्लोबलको आर्थिक तथा प्राविधिक सहयोगमा रतौली युवा क्लब द्वारा सो व्यवसायीक सामाग्री वितरण गरिएको छ । महोत्तरीको बलवा नगरपालिका तथा महोत्तरी गाउँपालिकामा संचालित समावेशी विकासका लागि सामुहिक प्रयास परियोजना अन्तर्गत साना व्यवसाय संचालनका लागि विपन्न परिवार तथा अपाङ्गता भएका व्यक्तिको जीवन स्तर उकास्न सामाग्रीहरु प्रदान गरिएको छ ।

बलवा नगरपालिकाका स्थानीय ४ जनालाई किराना पसल संचालनका लागि जेनरल तथा स्टेशनरी सामाग्री सहित खाजा पकाउनका लागि ग्यास,चुल्हो,भाडा लगायतका सामाग्री प्रदान गरिएको छ । त्यस्तै ५ जनालाई व्यवसायिक प्रयोजनका निम्ति सिलाई मशीन लगायत आवश्यक उपकरण र सिलाई सामाग्रीहरु प्रदान गरिएको छ भने २ जनालाई साइकल पसल संचालनका लागि थप उपकरण सहित २ जनालाई खाजा पसल संचालनका लागि सामाग्री दिईएको छ ।

भने महोत्तरी गाउँपालिकामा समेत किराना पसल,चप्पल पसल,डेरी उद्योग संचालनका लागि र अपाङ्गता भएकालाई सहायता सामाग्री प्रदान गरिएको थियो । बलवा नगरपालिकामा १३ जना र महोत्तरी गाउँपालिकामा १० जना गरी कुल २३ जना रतौली युवा क्लबको सहयोगले लाभान्वित हुनेछन ।

बलवा नगरपालिका वडा नं ८का किशुन सहनी रतौली युवा क्लब द्वारा साईकल पसल संचालनका लागि एयर कम्प्रेसर (हावाभड्ने) र साइकलको टायर ५ थान पाएपछि खुशी व्यक्त गरे । शारीरिक अपाङ्गता भएको ब्यक्ती किशुन सहनि आफ्नो जीविकोपार्जनका लागि विगतदेखी घरमै सानो पसल संचालन गर्दै आएका थिए तर आयस्रोत बढाउन आर्थिक अभाव र उपकरण समेतको अभावले समस्यामा परेका सहनीले सहयोग पाएपछि आफ्नो व्यवसायमा वृद्धि सहित दैनिकी सहज हुने आशा व्यक्त गरे ।

बलवा नगरपालिका द्वारा अपाङ्गता तथा विपन्नता छुटय्याई सकेको आधारमा रतौली युवा क्लब द्वारा उक्त विपन्न परिवार तथा अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहयोग रतौली युवा क्लबले विगतदेखी नै शिक्षा लगायत विविध क्षेत्रमा गर्दै आएको छ र सोही अनुसार बलवा नगरवासीलाई आवश्यक सहयोग प्राप्त भएको बलवा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गायत्री यादवले बताइन ।

 

यता रतौली युवा क्लब महोत्तरीका अध्यक्ष मो.शाकिर खानका अनुसार सम्बन्धित पालिकाले प्रदान गरेको तथ्यांक अनुसार विपन्न र अपाङ्गता भएकाहरुको स्थलगत अवस्था बुझी उनीहरुको आवश्यकता र माग लाई मध्यनजर राख्दै ,सहज जीविकोपार्जन र आत्मनिर्भर बनाउने उद्देश्यले सिबिएमको आर्थिक र प्राविधिक सहयोगमा रतौली युवाक्लब ले उक्त सामग्रीहरु प्रदान गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?